जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौतीहरु बिषयक’ कार्यशाला गोष्ठी सम्पन्न

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौती विषयक’ कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशाला गोष्ठीमा जयपृथ्वी नगरपालिकामा रहेका सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो। कार्यक्रममा विकासका सम्भावना तथा चुनौतीहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो।

कार्यक्रमा विकासका सम्भावना तथा चुनौती विषयमा कार्यशाला गोष्ठीमा विभिन्न नौ वटा बुँदामा सम्भावना तथा चुनौतीका विषयमा आफ्नो कार्यशाला कार्यालय प्रमुख तथा प्रतिनिधिहरु प्रस्तुत गरेका हुन्। नगरपालिका भित्र रहेका बिकास निर्माण तथा चुनौतीहरुमा नगरपालिकालाइ कसरी अगाडि बढाउने भन्ने उद्देश्यले यो कार्यशाला गोष्ठीको योजना गरेको नगरपालिका उपप्रमुख रतन बहादुर सिंहले जानकारी दिए ।  नगरपालिकाको विकासलाइ कसरी अगाडि बढाउने भन्ने उद्देश्य र आफुहरुले यो नगरलाइ नमुना नगरपालिका कसरी बनाउने भन्ने उद्देश्यले यो कार्यशाला गोष्ठीको आयोजना गरेको उनको भनाइ छ।

आगामी आर्थिक वर्षमा नगरपालिकाको विकास निर्माण गर्न सजिलो हुने उद्देश्यले यो कार्यशाला गोष्ठी सन्चालन भएको नगर प्रमुख चेतराज बजालले जानकारी दिए । नगरपालिकालाइ कसरी नमुना नगरपालिका बनाउने भन्ने उद्देश्यले तथा विषयगत कर्मचारीबाट सुझाव सल्लाह लिने तरिकाले नगरपालिकाले यो गोष्ठी सन्चालन गरेको उनले बताए । कार्यक्रममा नगरपालिका भित्र रहेका विकास निर्माण तथा चुनौतीका विषयमा छलफल गरेर नगरलाइ सफा सुग्घर बनाउन सजिलो होस् भनेर बिषयगत कर्मचारी बाट सुझाव सल्लाह लिएर आर्थिक वर्षको बजेट विनियोजन गर्ने नगर प्रमुख को भनाई रहेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कूषि लगायतका क्षेत्रमा नगरपालिकाको प्रमुख एजेन्डा बनाएर बजेट विनियोजन गर्ने नगर प्रमुख बजाले बताए । यस्तै जिल्ला समन्वय प्रमुख नरबहादुर बोहराले पनि नगरको विकासलाइ यो कार्यशाला गोष्ठीले धेरै ठूलो सहयोग पुग्ने बताए । नगरको विकासको लागि विभिन्न वडाको सडक शिक्षा स्वास्थ्य खानेपानी लगायतका क्षेत्रमा काम गर्ने नगरपालिका लाइ पत्रकार महासंघका पूर्व अध्यक्ष जगत खड्काले सुझाव सल्लाह दिएका थिए। नगरपालिकाको विकासको लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्ने उनले बताएका छन्। यो कार्यशाला गोष्ठीले नगरपालिकाको विकास तथा चुनौतीका सम्भावना लाइ निकै ठूलो सहयोग हुने जानकारी  दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्