सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

File Photo

काठमाडौँ – आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। मन्त्रिपरिषद् स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने छन्।

यसबारे राष्ट्रपति कार्यालय र संसद सचिवालयमा जानकारी गराइसकिएको छ । राष्ट्रपति पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेका हुन्। नीति तथा कार्यक्रममा आधारित भएर सरकारले आगामी वर्षको बजेट निर्माण गर्छ। सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ।

यसअघि आजै बालुवाटारमा बसेको तिनदलका प्रमुख नेता र सचेतकहरुको बैठकले नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनाउने सहमति गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्