अभिनेता पल शाहलाई हतकडी लगाई बयान लिईदै (भिडियो सहित)

काठमाडौं – अभिनेता पल शाहको निर्देशन तथा अभिनयमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतमा उनको अभिनय रहेको छ । उक्त गीत आज सार्वजनिक भएको हो ।

पुष्पन प्रधानको शब्द तथा संगित रहेको गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’ पल शाहको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
जेलबाट बाहिरिएपछिको यो उनको पहिलो म्युजिक भिडियो हो । भिडियोमा उनले भोगेको जेल चलानको कथा देख्न सकिन्छ साथै उनी हतकडीमा अदालत उपस्थित भएका छन् । सानिशा भट्टराई र पल शाहको अभिनय भएको भिडियोलाई अन्नु चौधरीले आवाज दिएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्