कांग्रेसले तत्काल पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ ।

बिहीबार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए । उनले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताए । उनले सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई हदै सम्मको कारवाही र निर्दोषलाई कारवाहिमा नपार्नुपर्ने तर्क गरे ।

कुनैपनि मुद्दामा कुनैपनि अनुसन्धानका क्रममा पक्राउ पर्ने बित्तिकै दोषी हो भन्न नमिल्ने उनको तर्क थियो । सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्