महाकाली नदीमा हाम फालेर नेपाल फर्केका इन्द्र खत्रीलाई बोलन्या थलीको आर्थिक सम्मान

गणेशसिंह धामी
दार्चुला – सोमबार महाकाली नदीमा हाम फालेर नेपाल आएका इन्द्र खत्रीलाई बोलन्या थलीले आर्थिक सम्मान गरेको छ ।
बुधबार शैल्य शिखर नगरपालिकाको पनेबाँजमा बैतडीकाे डिलाशैनी गाउँपालिका-१ कोटपेटराका ४८ बर्षीय इन्द्रसि‌ंह खत्रीलाई ४ हजार नगद दिएर सम्मान गरिएको हो । पतन्जली योग समिति युवा नेपाल दार्चुलाका अध्यक्ष भुवन सिंह धामी ,र गणेशसिंह धामीले बोलन्या थलीको विशेष आग्रहमा खत्रीलाई सहयोग गरेको गणेशसिंह धामीले जानकारी दिए ।

कोरोना भाइरसका कारण देश लकडाउन भएकाले ठूलो संख्यामा नेपाली मजदुरहरु भारतको धारचुलामा अलपत्र परेका थिए । ३ दिन सम्म पनि नाकाबाट नेपाल भित्रिन नदिएपछि खत्रीले महाकालीमा हाम फालेर नेपाल तिर प्रवेश गरेका थिए, तर नेपाल प्रवेश गर्ने वित्तिकै उनलाई प्रहरीले पक्राउ गरेको थियो । महाकालीमा हाम फालेर नेपाल प्रवेश गरेपछि इन्द्र खत्रीलाइ प्रहरीले पक्राउ गरेकाे

महाकालीमा हाम फालेर नेपाल प्रवेश गरेपछि इन्द्र खत्रीलाइ प्रहरीले पक्राउ गरेकाे

 

दार्चुलाका स्थानीयतहहरुले आवश्यक क्वारेन्टाइन बनाउन नसक्दा नेपाली मजदुरहरु सीमामा अलपत्र हुनुपरेको थियो ।

याे पनि ………..

करोडौँको बजेट चलाउने जनप्रतिनिधिहरुले आवश्यक क्वारेन्टाइन बनाउन सकेनन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्