करोडौँको बजेट चलाउने जनप्रतिनिधिहरुले आवश्यक क्वारेन्टाइन बनाउन सकेनन्

दार्चुला – तीन दिन देखि सीमा क्षेत्रमा अलपत्र नागरिकहरुले नेपाल प्रवेश गर्न सकेका छैनन् । कोरोनाको महामारी विश्वभरी नै फैलिरहेका बेला नेपाल र भारतमा समेत यसको नराम्रो असर परेको छ । दुवै देश लकडाउन गरिएका छन् ।

भारतमा मजदुरी गर्ने कतिपय नेपालीहरुले नेपाल फर्किन चाहे पनि सक्ने अवस्था छैन तर सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र नेपालीहरुलाई नै नेपाल प्रवेश गराएर क्वारेन्टाइनमा बसाल्न स्थानीयतहहरु नै चुकेका छन् । अधिकार क्षेत्र कुण्ठित पारियो भन्दै भ्यागुतो जस्तै बेला बेलामा उफ्रिने प्रदेश सरकार समेत यो विषयमा मौन बसेको छ ।

करोडौको बजेट चलाउने स्थानीयतहहरुले अहिले सम्म ५० बेडको क्वारेन्टाइनको व्यवस्था समेत गर्न नसक्दा सीमामा अलपत्र नागरिकहरुले समस्या भोग्नु परिरहेको छ । जिल्लाकै सदरमुकाममा रहेको महाकाली नगरपालिकाले महेन्द्र नमुना माविमा जम्मा ७ शैय्याको क्वारेन्टाइन बनायो,अरु स्थानीय तहहरुले पनि ५ देखि १५ शैय्याको क्वारेन्टाइन बनाएको भन्दै सामाजिक संजालमा डंका पिटिरहेका छन्, तर सीमामा अलपत्र नागरिकहरुलाई क्वारेन्टाइनको अभावमै नेपाल प्रवेश गराउन नसकिएको दार्चुला प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्