सहायताको नाममा चन्दा उठाउन र आफूखुसी वितरण गर्न पाईदैन : गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ ।

आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो ।

कुनै संघ, संस्था वा व्यक्तिले सहायता दिन चाहेमा भने स्थानीय तहमा सम्पर्क गरी वितरण गर्न सकिने छ । त्यस्तै मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई सहज बनाउने जिम्मा स्थानीय तहलाई दिएको छ ।

स्थानीय तहले तोकेको मापदण्डअनुसार सामग्री भएमात्रै स्वीकार गर्ने र वडास्तरीय समितिमार्फत वितरण गर्नुपर्ने गृहको निर्णय छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्