उपत्यकामा एकै दिन ३ जनाको मृत्यु, कोरोनाको आशंका तर रिर्पोट आउन अझै समय लाग्ने

काठमाडौं – काठमाडौ उपत्यकामा सोमबार तीन जनाको मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो भने वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय नागरिक पुरुषको मृत्यु भएको हो । उनीहरु सबैको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्