बि.डी .त्यागी स्मृति प्रतिभा सम्मान सम्पन्न

काठमाण्डौ – बी. डी. त्यागी स्मृति सेवा केन्द्रले पाँच फरक बिधामा उत्कृष्ट र महत्त्वपूर्ण योगदान पुर्याएका साहित्यिक प्रतिभालाई बी. डी.त्यागी स्मृति पुरस्कार तथा सम्मान अर्पण गरेको छ ।

उक्त कार्यक्रम रामहिटी साहित्य सदन बौद्धमा एक बिशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो । साहित्यकार बी.डी. त्यागिको फोटोमा प्रमुख अतिथिद्वारा रुद्राक्षको माल्यार्पण गरेर कार्यक्रमको शुरु गरिएको उक्त कार्यक्रममा साहित्यको क्षेत्रमा बिविध बिषयमा लामो समयदेखि विशेष योगदान पुर्याएका राधेश्याम लेकाली , रामदेव पाण्डे रामचन्द्र दाहाल, समाजसेवी तथा बुढानीलकण्ठ न. पा.१२ का वडाध्यक्ष शम्भु भट्टराइ तथा सरु पोखरेल लाइ संयुक्त रुपमा प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम रामहिटी साहित्य सदन प्रतिभा चयन समितिका संयोजक बरिष्ठ साहित्यकार शंकर भारतीको सभापतित्व तथा बरिष्ठ साहित्यकार तथा छन्द कविताका अभियन्ता प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवं बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, ब.साहित्यकार, रामचन्द्र दाहाल , ब. साहित्यकार तथा प्रकाशक रामदेव पाण्डे ,युवा साहित्यकार सरु पोखरेल, समाजसेवी तथा बुनपा १२ नम्बर वडाका वडाध्यक्ष शम्भु भट्टराई को आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

“बीडी त्यागी स्मृति सम्मानबाट बरिष्ठ साहित्यकार राधेश्याम लेकाली,’’बी.डी. त्यागी स्मृति पुरस्कारबाट’’ साहित्यकार रामचन्द्र दाहाललाइ प्रदान गरिनुका साथै , “बीडी त्यागी सम्मान” बाट प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे,“बीडी प्रतिभा सम्मान”पुरस्कारबाट युवा साहित्यकार सरु पोखरेललाई र गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान बुढानिलकण्ठ नगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष शम्भु भट्टराईलाई प्रदान गरिएको छ ।२० बर्ष देखि बीडी त्यागी स्मृति दिवसको अवशर पारेर नियमित रुपमा प्रदान गरिने उक्त पुरस्कार र सम्मान हालसम्म सयौं साहित्यकार हरुले प्राप्त गरिसकेको जनाइएको छ ।

कार्यक्रममा साहित्य सदनका अध्यक्ष कृष्ण आचार्यले उपस्थित महानुभाव हरुलाइ स्वागत मन्तव्य राखेका थिए स्वागत मन्तव्यका क्रममा अध्यक्ष आचार्यले साहित्यकार बीडी त्यागीको स्मृतिमा नेपाली भाषा साहित्यको क्षेत्रमा बिशिष्ठ योगदान पुर्याएका लब्धप्रतिष्ठित साहित्यकार हरुलाइ साहित्य सदनले पुरस्कृत गर्न पाउंदा अत्यंत हर्ष लाग्नुका साथै साहित्य सदन समेत सम्मानित भएको बिचार ब्यक्त गरेका छन् ।

कार्यक्रममा सम्मानित श्रष्टा राधेश्याम लेकालीले यस्ता प्रतिष्ठित साहित्यकारको नाममा स्थापना गरिएको सम्मान ग्रहण गर्न पाउँदा अत्यंत खुशी लागेको बिचार ब्यक्त गर्दै बीडी त्यागीको सेवाभावको प्रशंसा गरेका छन् । यसैक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपाली छन्द कविताका अभियंता प्रा. डा. रामप्रसाद ज्ञवालीले योग्य पिता बीडी त्यागीका सुयोग्य पुत्र निबन्ध आचार्यले आफ्ना पिताको साहित्यिक कर्मलाई स्मृतिजन्य र जीवन्तता प्रदान गरिनु चानचुन कुरा होइन भन्दै यस्ता सुयोग्य छोराहरु हरेक साहित्यकारले पाउन नसक्ने बिचार ब्यक्त गर्दै यस्ता सेवा भाव भएका अशल मानिसलाइ समाजका हरेक क्षेतबाट साथ र सहयोग गर्नुपर्ने कुरामा जोड दिएका छन् । साथै उक्त कार्यक्रममा सम्मानित भएका साहित्यकारहरु रामदेव पाण्डे,रामचंद्र दाहाल शम्भु भट्टराई तथा सरु पोखरेलले मन्तव्य राखेका थिए ।

नायिका सृष्टि आचार्यद्वारा आकर्षक रुपमा संचालन गरिएको उक्त कार्यक्रममा सभापतिको मन्तव्यका क्रममा बोल्दै शंकर भारतीले बीडी त्यागीका सुपुत्र कपन बानेश्वरका सम्पादक निबन्ध आचार्यले पारिवारिक रुपमा स्रोतको ब्यवस्थापन गरि पिताजीको नाउमा प्रतिष्ठान स्थापना गरेर अग्रज स्रष्टालाई सम्मान गर्दै बीडी त्यागीको नाउँ लाइ अमर तुल्याएको चर्चा गर्दै आचार्यको प्रशंसा गरेका छन् । कार्यक्रममा करिव चार दर्जन साहित्यकार हरुको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्