माई खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ – माई खोला हाइड्रोपावरको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख २६ हजार ९४१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको थियो। जसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्द भएको छ बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता आइपिओ निष्कासनका लागि छुट्याएको थियो।

नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्