तिन दिन देखि परेको पानीले यार्सागुम्बा सङ्कलन गर्न समस्या, स्थानिय मानिस घर फर्कदै

बझाङ –  बझाङ जिल्लामा यार्सागुम्बा टिप्न समस्या भएको छ।लगातार परेको पानिले गर्दा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन् । तिन दिन देखि यता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भु-भागमा यार्सागुम्बा संकलनका लागी गएका स्थानीयहरु घर फर्किन थालेका हुन् । अहिले बझाङका बाह्र वटै स्थानीय तहमा भारी वर्षा भईरहेको छ ।

यार्सागुम्बा संकलन गर्ने हिमाली क्षेत्रमा भने अत्याधिक हिमपात आइरहेको छ । हिमतापका कारण यार्सागुम्बा संकलन गर्नमा निकै समस्या हुने गरेको पाइएको छ। हिउँ परेसँगै अत्याधिक चिसो बढेपछि बस्न नसकिएकाले घर फर्किनु परेको यार्सागुम्बा टिप्न गएका व्यतीहरु बताउन्छन । वर्षा र हिमपात भएपछि स्थानीयहरु आफ्नो ज्यानलाई जोखिममा पारेर घर फर्किरहेका छन् । जिल्लामा हिजोमात्रै यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किनेक्रममा सुर्मा गाउँपालिका वडा नं पाचका एक जना व्यक्तको चिसोले कट्यांग्रीएर मृत्यु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्