एसीसी प्रिमियर कप क्रिकेट : यूएई १ सय १७ रनमा अलआउट

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएई ३३.१ ओभरमा १ सय १७ रन बनाउदै अलआउट भएको छ । नेपाललाई ११८ रनको लक्ष्य भेट्टाउन सहज हुजे देखिन्छ । केहिबेरमा नेपालले ब्याटिङ गर्नेछ ।

यूएईले नेपाललाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ । फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएको थियो । कीर्तिपुर मैदानमा हिजो खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियोे ।

अन्तिम विकेटका रुपमा आज यूएईका जुनैद सिद्दिक आउट भए । नेपालका ललित राजवंशील विकेट लिएका हुन् ।

आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ । आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्