प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता, चीनबाट आयात गरिएको स्वास्थ्य सामाग्रीमा भएको अनियमितताबारे प्रचण्डको चासो

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

बुधबार दुई अध्यक्षबीच समसामयिक विषयमा बालुवाटारमा झन्डै डेढ घन्टा कुराकानी भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी बताइन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सीमानामा अलपत्र नेपालीको उद्धार, पीडितहरूका लागि राहतको व्यवस्था लगायतका विषयमा छलफल भएको थियो ।

चीनबाट स्वास्थ्य सामाग्री ल्याउने क्रममा भएको अनियमितताबारे समेत प्रचण्डले चासो देखाएका थिए । उनले मिडियामा आएका अनियमितताका समाचाबारे चासो राखेको श्रोतले बतायो ।

सरकारले चीनबाट सामान ल्याउने क्रममा अनियमितता गरेको भन्दै ओम्नी समूहसँगको सम्झौता रद्ध गरिसकेको छ ।

यो पनि…………

ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द, पाँच करोड धरौटी समेत जफत

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्