महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा १ को आर्थिक सहयोगमा स्थानिय स्काउट कार्यालय गौरिगंगा नगरपालिका कैलालीको आयोजनामा महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण तीन दिने कार्यक्रम सम्पन्न भएको छ । आइतवार देखि सञ्चालन गरिएको कार्यक्रम मंगलबार सम्पन्न भएको छ । वडा विभिन्नका समुदायका महिलाहरुलाई हिंसा सम्बन्धि जनचेतना दिने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको स्थानिय स्काउट तदर्थ समिति संयोजक लक्ष्मण ओझाले बताए वडा भित्र हुने हिंसा सम्बन्धि समस्य कम हुने आसा र अपेक्षा सहित भौतिक विकास मात्र नभैइ मानवीय विकास पनि विकासको महत्त्वपूर्ण अंग भएकोले यो कार्यक्रमको कल्पना गरेको र यहाँ सिकेको कुरा आफ्नौ गाउँ टोलमा पनि सिकाउनु पनि सहभागी हरुलाई वडा अध्यक्ष डबल बहादुर दियाकोटी (बोहरा) बताए ।

अभिमुखीकरण कार्यक्रममा नेपाल स्काउटका प्रशिक्षक तथा शान्ति दुत सु प संयोजक , सदस्यता वृद्धि गौरीगंगा संयोजक पुष्कर अवस्थि , स्काउट मास्टर विनोद बहादुर बोहरा सक्षम छोरी संस्थाकि प्रशिक्षक शारदा जोशी, स्काउट मास्टर मोनिका वड कानुनविद नयानराम साउद , मनौविमर्शकर्ता प्रेम जोशी ले प्रशिक्षण गरेको स्काउट नगर संयोजक लक्ष्मण ओझाले बताए नगर भित्र हुने हिंसाका घट्नाहरु न्युनिकरण गर्न यस्ता कार्यक्रम आबस्य रहेको हुदाँ आयोजना गरिएको र तपाईंको गाउँ टोलमा हुने हिंसाका घट्ना हरु न्याक समितिमा सम्म पुगाउनु पर्ने र पिडितलाई न्याय दिने नगर उप-प्रमुख भोज बहादुर बमले बताए कार्यक्रममा वडा भित्रका 24 जना महिलाहरुको सहभागी भएका थिए । यो कार्यक्रम बाट धेरै कुरा सिक्ने मौका भन्दै यो मौका जुराएकोमा वडा कार्यालय लाई धन्यवाद दिदै आगामी दिनमा पनि थप कार्यक्रम सञ्चालन गर्नु पर्ने सहभागी सलिना बोहराले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्