गौरीगंगा मेयर कप जारी : आज सम्पन्न खेलमा बर्दगोरीया र आयोजक गौरीगंगा विजय

कैलाली –  कैलालीको गौरीगंगा नगरपालिकाको चौथो स्थानीय तह स्तरीय गौरीगंगा मेयर कप २०८० फुटबल प्रतियोगितामा जारी रहेको छ । मंगलबार भएक दुई खेलमा पुरुष तर्फ बर्दगोरीया गाउँपालीका र लम्कीचुहा बिच भएको थियो भने महिला तर्फको खेल आयोजक गौरीगंगा नगरपालिका र लम्कीचुहा नगरपालिका बिच भएको थियो । पुरुष तर्फ भएको खेलमा बर्दगोरीया गाउँपालिका ले लम्कीचुहा नगरपालिका लाई 2-1 गोल गर्दै जित निकालेको छ भने महिला तर्फको खेलमा आयोजक गौरीगंगा नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई १-० गोल गर्दै जित निकालेको छ । युवाहरुमा अनुशान लागू औषध दुर्व्यसन न्युनिकरण र समाजिक सद्भावको लागि खेलकुद प्रोत्साहन भने मुल नाराका साथ बैशाख १० गते आइतवार देखि १६ सम्म खेल सञ्चालन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्