आफ्ना वाचा पुरा गर्दै हेलम्बुका अध्यक्ष शेर्पा, सिभिल इन्जिनियरिङको पढाई निःशुल्क हुने

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा सिभिल इन्जिनियरिङको पढाई निःशुल्क हुने भएको छ ।
काठमाडौँबाट नजिक तर ग्रामीण क्षेत्र हेलम्बुमा कक्षा ९ देखि कक्षा १२ सम्म ४ वर्षे डिप्लोमा इन्जिनियरिङको पढाइ निःशुल्क हुने गाउँपालिकाले जनाएको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशेष पहलमा शुक्रबार मन्त्री स्तरीय निर्णयबाट हेलम्बु मोडेल माध्यामिक विद्यालयमा विशेष अनुदान सहित प्राविधिक धारतर्फको पढाइ हुने भएको हो ।  अध्यक्ष शेर्पाले शिक्षा स्वास्थ्य रोजगारीमा हेलम्बुलाई नमुना गाउँपालिका बनाउने यसअघि नै घोषणा गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्