नेपाल व्यापार संघले बुझायाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई २० बुँदे ज्ञापन–पत्र

काठमाडौं– नेपाल व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई २० बुँदे ज्ञापन–पत्र बुझाएको छ । आइतबार सिंहदरबार स्थित मन्त्रालयमै भेटेर मन्त्री रमेश रिजाललाई उक्त ज्ञापन–पत्र बुझाएको संघका अध्यक्ष हरि गौतमले बताउनुभयो । भेटकाक्रममा संघको तर्फबाट बधाई तथा शुभकामना समेत दिएकाछन् ।

संघले आर्थिक क्रियाकलापलाई सहज बनाउन पनि माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजाललाई पछिल्लो समय राष्ट्रको आर्थिक अवस्था कमजोर बन्दै गएकोप्रति ध्यानाकर्षण गराएको छ ।

कोभिड महामारीका बेला व्यावसायीहरू ठूलो मारमा परेको र अहिले आएर बैंक तथा वित्तिय संस्थाहरूको चर्काे ब्याजदरले व्यावसायीहरू पीरोलिरहेकाले त्यसतर्फ ध्यान दिन संघका अध्यक्ष गौतमले आग्रह गर्नुभयो । ब्यापार तथा व्यावसायीक गतिविधिमा निजी क्षेत्रको सहभागिता सहज बन्न सके खुम्चदो अर्थतन्त्रमा थोरै भएपनि राहत मिल्ने उहाँको भनाइ थियो । त्यसका लागि मन्त्रालयले नै नीतिगत व्यवस्थासहित सहज वतावरण तयार गर्न पनि मन्त्री रिजालसँग संघले माग गरेको छ ।

यस्तै संघले नागरिकको माग र आवश्यकतालाई हेरेर उत्पादन तथा उपभोगका लागि आवश्यक सबै किसिमका बस्तु तथा सेवासमयमै आपूर्ति गर्न पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

पछिल्लो समय नेपालमा आर्थिक गतिविधिमा सुस्तता आउँदा व्यावसायीहरू धमाधम सटर बन्द गर्न बाध्य छन् । काठमाडौंकै मुख्य व्यावसायीक केन्द्रहरू न्यूरोड, असन, ठमेललगायतका स्थानमासमेत धमाधम पसल–सटरहरू बन्द हुँदै जादा सम्बन्धित निकायको बेलैमा ध्यान जनसके संभावित दुर्घटनाबाट बच्न सकिने नेपाल ब्यापार संघको भनाइ छ ।
बैंकको ब्याजदर एकल अंकमा कायम हुनुपर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै कच्चा पदार्थ आयातमा सहज, भन्सार दरबन्दीका कारण महंगी बढेकोभन्दै दरबन्दी घटाउनुपर्ने, स्थानीय तहमा उद्यमविकास तालिम स्थापना गर्नुपर्ने, नाकामा सहज आवतजावत, कच्चा उन आयातमा भएको एकद्धार प्रणाली खारेज गर्नुपर्ने लगायतका माग राखेका थिए ।
यस्तै कर्जा ओभरड्राफ्टमा भइरहेको झन्झट अन्त्य गर्नुपर्ने, संविधानको पूर्ण कार्यान्वयन, बर्षैपिच्छे करचुक्ता लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने, साना तथा मझौला स्वदेशी उत्पादनगर्ने व्यवसायी , मििहला उद्यमी तथा कृषि क्षेत्रका लागि आधार दरमा २ प्रतिशत छुटगरि सहज ऋणप्र्रवाह गर्नुपर्ने माग राखेको अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष हरि गौेतम, उपाध्यक्ष पार्वति भट्ट, इन्दिरा लामिछाने, प्रदेश उपाध्यक्ष तेज आचार्य लगायतको टीमले मन्त्रीलाई भेटर ज्ञापनपत्र बुझाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्