स्पेनमा कोरोनाबाट एकै दिन ८ सय ४९ को मृत्यु

A woman plays with her daughter as they wait at Barcelona airport, Spain, Saturday, March 14, 2020. Spain's prime minister has announced a two-week state of emergency from Saturday in a bid to contain the new coronavirus outbreak. For most people, the new coronavirus causes only mild or moderate symptoms. For some, it can cause more severe illness, especially in older adults and people with existing health problems. (AP Photo/Emilio Morenatti)

काठमाडौं – स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८ सय ४९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा अहिलेसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८ हजार १ सय ८९ पुगेको छ

स्पेनका विदेशमन्त्रीले कोरोना भाइरस संक्रमितको संख्यामा बिस्तारै कमी आउने अपेक्षा गरेको भोलिपल्ट स्पेनमा अहिलेसम्मकै सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका हुन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८९१ संक्रमित थपिएका छन् । अहिलेसम्म स्पेनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ९४ हजार ४१७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्