बलेफी गाउँपालिकामा फ्रि वाइफाइ सहितको क्वारेन्टाइन स्थापना

सुशील सुवेदी

सिन्धुपाल्चोक – बलेफी गाउँपालिकाको वडा नं. ८ मा फ्रि वाईफाइ सहितको क्वारेन्टाइन स्थापना गरिएको छ ।

बलेफी गाउँपालिका वडा नम्बर ८ को सक्रियतामा २० बेडको सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना गरिएको वडा अध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए ।

प्रत्येक कोठामा छुटै शौचालयको व्यवस्था गरिएको छ भने क्वारेन्टाइमा बस्नेहरुका लागि निःशुल्क इन्टरनेट समेत राखिएको वडा अध्यक्ष तामाङले बताए । हामीले सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सँग पनि समन्वय गरेर सबै सुविधा हुने गरेर क्वारेन्टाइन स्थापना गरेका छौ वडा अध्यक्ष तामाङले भने ।

बलेफी ८ ले स्थापना गरेको सुविधासम्पन्न क्वारेन्टाइनको वाग्मती प्रदेशका पर्यटन,उद्योग, वन तथा वातवरण मन्त्री अरुण नेपालले निरीक्षण समेत गरेका थिए । “मन्त्री ज्युले पनि निरीक्षण गर्नुभयो राम्रो छ भनेर हौसाला दिनु भएको छ, हामी अन्यत्र पनि यस्तै क्वारेन्टाइन स्थापना गर्ने छौ”, वडा अध्यक्ष तामाङले भने ।

वडा को सक्रियतामा गाउँमा पुगेर सचेतना दिने, प्रहरी सँग समन्व्य गरेर घरमा नै बस्न स्थानीयलाई आग्रह गर्ने लगायतका अन्य गतिविधहरु सञ्चालन भइरहेको अध्यक्ष तामाङले जानकारी दिए । विदेशबाट आएका नागरिकहरुको पनि वडाले तथ्यांक संकलन गरेर घरमा नै क्वारेन्टाइनमा बस्ने व्यवस्था आफुहरुले गरेको वडा अध्यक्ष तामाङले बताए । विदेशबाट आएका वडाका १९ लाई घरमै सुरक्षीत सँग क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्