भजनिमा समावेशी तथा गुणस्तरीय शिक्षा IQE र नेपाल रिड परियोजनाको  प्रारम्भ गोष्ठी सम्पन्न      

कैलाली – कैलालीको भजनि नगरपालिकामा   वल्ड भिजन इन्टरनेस्नल को आर्थिक सहयोग  तथा बिकाशका लागि युुवा ऐक्यबद्धता (YARD) धनगढीको आयोजनामा सञ्चालन हुने  समाबेशी तथा गुणस्तरिय शिक्षा  र नेपाल रिड  परियोजनाले पालिका स्तरीय प्रारम्भ गोष्ठी  सम्पन्न भएको छ ।

परियोजनाहरु को जानकारि र स्थानीय पालिका संगको  समान धारणा बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको याड का अध्यक्ष  बन्छि चौधरिको बताए  कार्यक्रममा  भजनि नगरपालिकाका कार्यकारि अधिकृत नोख्खि राम वलिले परियोजना ले भजनिको शिक्षा क्षेत्रमा ठूलो सहयोग पुग्ने बिश्वास रहेको संगै सबै कार्यक्रम कार्यान्वयन प्रकृयामा सम्बन्धित शाखा संग समन्वय गर्न पनि सुझाव दिनु भएको थियो । परियोजनाका कार्यक्रम संयोजक  महेन्द्र शाहिले परियोजनाको बारेमा जानकारी गराउँदै  परियोजनाको लक्ष्य र उदेश्य बारे जानकारी दिनु भएको थियो ।गोष्ठीमा नगर पालिका का वडा अध्यक्षरु, शिक्षा अधिकृत, विभिन्न स्कूलका प्रधानध्यापक तथा प्रतिनिधि ,महिला तथा बालबालिका शाखा प्रमुख, प्रसासन तथा संघ-संस्था बिभाग प्रमुख लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि गरि २४ जनाको सहभागिता रहेको  बताए । परियोजनाले कैलालीका टिकापुर नगरपालिका र भजनिमा   कार्यक्रम सञ्चालन  ल्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्