डेउडा : लाग्यो इजु चैत मैना, दादा काँछ मेरो

लाग्यो इजु चैत मैना, दादा काँछ मेरो ।

रुँदिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो ।।

काफलकि करौउ दानी, हुन लागी लाल ।

फर्किफर्कि आइग्यो इजु, एमास यै साल ।।

सोराइले हेर्दोछु मत,दाइका आउन्या बाटो ।

इतिछाटाे बिरानो भयो, मेरै जनम्या माटाे ।।

वल्ला घर पल्ला घर, सबै निका छन कि ।

लेख्या इजु सम्राइ मानि, बेदना मन कि ।।

उहि लेकको ठन्डाे पानी, शिर-शिर हावा ।

कसि छै उद्भव माता, कसा छन् बाबा ।।

गुराँस ढकमक्क होलो, गोरु चरुन्या बन ।

रात जाँदोछ दिन जाँदोछ, सम्झि मनैमन ।।

पल्ला घर रेबुदाइकि, लिखु पेलाइ होली ।

मौजउ कलमा बसी, आइनु बातइ होली ।।

लिखु पेल्लो हलगोरु, एकपट्या कलमा ।

बाडी बनाइ पठाइ दिया, दोपट्टा सलमा ।।

पिसन्या जातरोइ छकि, जान्छौ कित घट्ट ।

दिनबार हेरि पठा इजा, मेरदादा लाई झट्ट ।।

यै पाली रूडीयो सर्क, पानीकि हाहाकार ।

घर धन्दा त भौति होली, मिलाइबरी सार ।।

गाडाका भिरकी प्याउली, फुलिहोलि डम्म ।

निश्वास जन माणे इजु, भेट नभया सम्म ।।

विष्णु जोशी “अँठाेला” शैल्यशिखर न पा ०७ बोहरिगाँउ हाल शैल्यशिखर न पा मा सहायक चौथो पदमा कार्यरत …..

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्