नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ऐरी र सार्कीलाई भीमदत्त नगरपालिकाले जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्दै भीमदत्त नगरपालिकाले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

शनिवार कञ्चनपुर क्रिकेट संघद्धारा आयोजित होली फेमली क्रिकेट कप–२०७९ यु–१६ पुरुष जिल्लास्तरीय एक दिवसीय क्रिकेट छनौट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बोगटीले  भीमदत्त नगरपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडीद्धय ऐरी र सार्कीलाई जनही १ लाख ५१ हजार नगर पुरस्कार दिने घोषणा गरेका हुन् । यस्तै खेलाडीद्धय ऐरी र सार्की गृह नगर आएपछि सम्मान समेत गरिने नगर प्रमुख बोगटीले बताए। एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकोमा नगर प्रमुख बोगटी र उपप्रमुख उपप्रमुख नीलम लेखक जोशीले नेपाली टोलीलाई बधाईसमेत दिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्