प्रचण्डलाई भेटेर सोविता गौतमले भनिन् : मूलपानी रंगशाला छिटो पूरा गर्नुपर्‍यो

काठमाडौं – काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् ।

शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा सफलता प्राप्त भएका बेला सरकारले पनि अर्को क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य बनाउनुपर्ने बताएकी हुन् ।
‘देश क्रिकेटमय भएका बेला कम्तीमा एउटा क्रिकेट स्टेडियम तयार हुने चरणमा छ । त्यसलाई पूरा गर्नुपर्छ भनेर भेटेको हुँ’ उनले भनिन्, ‘पहिले मुआब्जाको समस्या थियो, बस्तीको समस्या थियो, अहिले सबै समाधान भएको छ, कन्स्ट्रक्सन (पूर्वाधार निर्माण) मात्र बाँकी छ ।’

प्रधानमन्त्री प्रचण्ड पनि मूलपानी क्रिकेट मैदान निर्माणलाई तिब्रता दिनेमा सकारात्मक रहेको उनले बताइन् । करिब ४५ मिनेट भएको कुराकानीमा आफूले निर्वाचन क्षेत्रका अन्य समस्याबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको गौतमले बताइन् । ‘प्रधनमन्त्रीलाई मेरो क्षेत्रमा घुमाउँछु, समय मिलाउनुप¥यो भनेको छु, उहाँले स्वकीय सचिवको नम्बर दिएर पठाउनुभएको छ’ उनले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्