गोकुलेश्वर अस्पतालमा कोरोना शंकास्पद व्यक्ति भर्ना, स्वाब परीक्षणका लागि पठाउन समस्या

दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना शंकास्पद व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको छ । शैल्यशिखर नगरपालिका वडा नं. ६ का एक जना युवकलाई कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखिएको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

‘ती युवक १२ दिन अगाडी भारतबाट आएका थिए, उनलाई शनिबार ज्वरो देखिएपछि कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको हो,’ गोकुलेश्वर अस्पतालका स्वास्थ्य संयोजक चक्र कार्कीले भने । ‘हामीसँग विरामीको स्वाब परीक्षणका लागि धनगढी पठाउन समेत व्यवस्था छैन, प्रदेश सरकारसँग कुरा भएको छ अब के हुन्छ हेरौँ , विरामीको अवस्था सामान्य छ, आत्तिहाल्नु पर्ने अवस्था छैन’ उनले भने ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्