जलविद्युतका ५० हजार श्रमिक काम विहिन

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न ११ चैतबाट गरेको ‘लकडाउन’ ले गर्दा निर्माणधीन सबै आयोजनाको निर्माण ठप्प भएपछि श्रमिक कामविहीन बनेका हुन् ।

श्रमिकहरु कामविहीन हुनुका साथै तत्कालै काम सुचारु गर्न नसके निर्माणाधीन आयोजनामा लागेको २ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी जोखिममा पर्ने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा पूजा चँदाराले लेखेकी छिन् ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्