अमेरिकामा एकै दिन १८ हजार बढी कोरोनाका नयाँ संक्रमित थपिए, इटलीमा ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौ – अमेरिकामा एकै दिन १८ हजार २ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै अमेरिकामा कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २ हजार ४ सय ७५ पुगेको छ ।

यसका साथै इटलीमा कोरोनाका कारण ज्यान गुमाउने संख्या सबैभन्दा धेरै छ । यहाँ मृतकको संख्या १० हजार ७ सय ७९ पुगेको छ । विगत २४ घण्टामा ५ हजार २ सय १७ संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या ९७ हजार ६ सय ८९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्