मंगलबार बेलुकीदेखि देशका विभिन्न ठाउँमा चट्याङ र हावहुरी सहित पानी पर्ने सम्भावना

सांकेतिक तस्बिर

काठमाण्डौ – मङ्गलबार बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले सोमबार पहाडी क्षेत्रको मौसम बादल लाग्दै खुले पनि मङ्गलबार बेलुकीदेखि भने केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए ।

यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुने उनको अनुमान छ । तर ठूलो पानी वा भारी हिमपातको सम्भावना भने कतै पनि नरहेको उनको भनाइ छ । प्रिमनसुन अर्थात् मनसुन अघिको अवस्था रहेकाले नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्ने मौसमविद् पोख्रेलले बताए ।

सोमबार दिउँसो भने पहाडी तथा पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्