भारतको धारचुलामा नेपाली नागरिक तीन दिन देखि अलपत्र, सरकार विरुद्ध नाराबाजी गरे

दार्चुला – सीमा बन्द भएपछि भारतीय भूमि धारचुलामा ४ सय ५० बढी नेपाली अलपत्र परेका छन् । भारतको पिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धारचुलामै रोकिएका हुन् । ३ दिनदेखि अलपत्र उनीहरूले नेपाल प्रवेश पाउनुपर्ने भन्दै महाकाली पुलपारि नाराबाजी गरिरहेका छन् ।

अलपत्र पर्नेमा दार्चुलाका अलावा बैतडी, बझाङ लगायतका नागरिक छन् ।
भारतबाट फर्किएका नेपालीका लागि जिल्लामा आवश्यक पर्ने क्वारेन्टाइनको व्यवस्था नहुँदा चाहेर पनि तिनलाई प्रवेश दिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दर्जनौंको संख्यामा सीमापारि अलपत्र परेपछि उनीहरूले प्रवेश पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । सीमामा रोकिएका नेपालीले खुला आकाशमुनि खाली पेट घण्टौं बिताएको गुनासोसमेत गरेका छन्, तर सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्