चीनबाट ल्याएको स्वास्थ्य सामाग्री प्रदेशमा पठाउन थालियो

काठमाण्डौ – सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत केही सामग्री र उपकरण लिएर सेनाको स्काई ट्रकमा सुर्खेत गएका छन् ।

यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ सहितको टोली प्रदेश १ को राजधानी विराटनगर गएको छ । चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनमध्ये चार वटा विभिन्न प्रदेशमा पठाउने र एउटा काठमाण्डौमै तयारी अवस्थामा राख्ने सरकारले जनाएको छ ।

प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा एक/एक वटा पीसीआर मेसिन सहित उपकरण र औषधि पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना अनुसार औषधि र उपकरण पठाउन थालिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका निर्देशक भोगेन्द्र राज डोटेलका अनुसार लामा दुरीमा हवाई मार्गबाट र छोटो दुरीमा स्थल मार्गबाट सामान पठाउने तयारी छ । गएको शनिबार चीनबाट पाँच वटा पीसीआर मेसिन ल्याएको सरकारले आज चार प्रदेशमा एकरएक वटा पठाउने तयारी गरेको हो ।

उपकरण पठाएपछि सम्बन्धित प्रदेशमा कोरोनाको परीक्षण गर्न सुरु गरिनेछ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि कोरोनाको परीक्षण सुरु गरिएको छ । यस्तै प्रदेश ३ को हेटौँडामा पनि परीक्षण केन्द्रका लागि आज सामान पुग्ने प्रदेश सरकारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्