अपिहिमालमा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको छ । अपिहिमाल गाउँपालिकाको आर्थिक सहयोग र अपिहिमाल जेष्ठ नागरिक समाज खण्डेश्वरीको आयोजनामा वडा नम्बर ४ का ८० जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भगतसिह ठेकरे बोहराले जानकारी दिए । उनका अनुसार उनका अनुसार वडा नम्बर ४ बाट कम्बल वितरणको कार्यक्रम सुरु गरिएको हो । कम्बल वितरण कार्यक्रम गाउँपालिकाका सबै वडाहरुमा लागु हुने बोहराले बताए । पालिका भरी ३८० जना जेष्ठ नागरीकहरुलाई वितरण गरिने योजना रहेको उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्