इडेन गार्डेनले मनायो आफ्नो १५औँ स्थापना दिवस

काठमाडौँ – इडेन गार्डेनले आफ्नो १५औँ स्थापना दिवस मनाएको छ । शनबिार विद्यालय प्राङ्गणमा विद्यालय संचालन समितिका अध्यक्ष यादप राईको अध्यक्षमा कार्यक्रम मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि नेसनल प्याब्सनको केन्द्रीय अध्यक्षमा पाण्डव हमाल रहेका थिए भने विशेष अतिथिमा वरिष्ठ साहित्यकार चन्द्र प्रसाद न्यौपाने रहेको थिए । अन्य अतिथिहरु नेशनल प्याब्सन केन्द्रीय कोषाध्यक्ष प्रताव थापा, सहकोषाध्यक्ष विक्रम ढुकुछु नेशनल प्याब्सनका जिल्ला अध्यक्ष सञ्जय खड्का रहेको थिए ।
कार्यक्रममा बोल्दै नेशनल प्याब्सनका अध्यक्ष हमालले विद्यालयको प्रशंसा गर्दै वर्तमान शिक्षा प्रणाली को व्याख्या गरेका थिए ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले अभिभावकहरु बीच प्रशिक्षणत्मक मन्तव्य राखेका थिए । कार्यक्रममा सम्पूर्ण अभिभावकको तर्फबाट नेपाल सरकारको अधिकृत सरस्वती कार्की श्रेष्ठले विद्यालयले भविष्यको कर्मचारी नेता, गायक, नृत्यकार, उद्यमी तयारी गर्ने विविध कक्षाहरु सञ्चालन गरिरहेको मा पूर्ण सन्तुष्टि रहेको बताए ।

विद्यालयले उक्त कार्यक्रममा अनुशासित विद्यार्थी कक्षा ८ की आयुषा कार्कीलाई विद्यार्थी कक्षा ६ को आयूष भण्डारीलाई सफा विद्यार्थी मा छात्र तर्फबाट सूची थिङ्ग र छात्र तर्फ बाट आयन थापा मगरलाई अवार्ड प्रदान गरिएको थियो ।
वर्षको सर्वोकृष्ट विद्यार्थीमा कक्षा छ का शुविच्छा थापालाई पुरस्कृत भएका थिए ।

त्यस्तै कार्यक्रममा शिक्षकहरूको सम्मान र हौसलाका लागि दीर्घ सेवा तथा सर्वोकृष्ट शिक्षकमा आधारभूत तहको ःगणित शिक्षक जीवन श्रेष्ठलाई र दीर्घ सेवा सम्मान बाट पूर्व प्राथमिक तहकी शिक्षिका सुमित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सबै कक्षाका विद्यार्थीहरुले उत्कृष्ट नृत्य, गीत, नाटक प्रस्तुत गरेर उपस्थित अतिथि साथै अभिभावकहरुलाई पूर्ण मनोरञ्जन गराएका दिलाएका थिए ।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष यादप राईले विश्व आर्थिक मन्दीले विद्यालयलाई पनि निकै असर गरेतापनि विद्यालयलाई कुनै असर नगरी सफलतापूर्वक सञ्चालन गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्