सिन्धुपाल्चोकमा चार जना आइसोलेसनमा

सुशील सुवेदी
सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाका भोजबहादुर रिजाललाई आइसोलेसनमा राखिएसँगै सिन्धुपाल्चोकमा आइसोलेसनमा राखिएकाको संख्या चार जना पुगेको हो ।
यसअघि इराकबाट फर्केका सहित तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा राखिएको थियो । उनीहरु अझै आइसोलेसनमै छन् । उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । अहिले पीपलडाँडाका रिजाललाई चौतारा अस्पतालको आइसोलेसन वार्डा राखिएको हो ।
कोरोना भाइरस संक्रमणको आशंकामा जिल्लाको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीका आमा छोरी सहित अर्का एक छिमेकीलाई बाह्रबिसेस्थित प्राथामिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ । आमा निमास्याड्बो र छोरी याड्जीसहित उनीहरुका छिमेकी छिरिडदोर्जे लामा आइसोलेसनमा छन् ।
गएको माघ २९ गते नै इराकबाट फर्केकी ती आमा छोरी र छिमेकी वृद्ध काठमाडौंमा बस्दै आएका थिए । लामो समयदेखि तीनै जनालाई सुक्खा रुघाखोकीको लक्षण देखिएकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्