विदेशबाट आएर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा नआउने व्यक्तिलाई कारवाही गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं – विदेशबाट फर्केर नेपाल आएका क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउने व्यक्तिहरुलाई नेपाल सरकारले कारबाही गर्ने भएको छ ।

चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर अहिले पनि धेरैले त्यसलाई पलना गरेका छैनन् ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

‘संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको छ’ समिति सचिवालयका प्रवक्ता सचिव नारायण विडारीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्