सीमा क्षेत्रमा अलपत्र नेपालीलाई स्वदेश प्रवेश गर्न दिने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई नेपाल प्रवेश दिने निर्णय गरेको हो ।

तर प्रवेश गर्ने मान्छे नेपाली नागरिक भएको प्रमाणित भएपछि मात्र नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयले जनाएकाे छ । साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्