हेलम्बुमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु, धार्मिक पर्यटनलाई थप टेवा पुग्ने विश्वास

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ चुरेटारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आजबाट २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ । सप्ताह ज्ञान महायज्ञमा पण्डित दिनबन्धु पोखरेल र पण्डित नेत्र भट्टराई कथा वाचन गर्नेछन् । सप्ताहको आज कलश यात्रागर्दै शुभारम्भ गरिएको छ । कलशयात्रापछिको शभारम्भ कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पण्डित दिनबन्दुले हेलम्बुमा आएर भागवत कथा वाचन गर्दा बिस्वलाइ नै राम्रो सन्देश जाने विश्वास ब्यक्त गरे । उनले अबको ७ दिन भागवत सुन्दा एक चित्त एक मनले ध्यान दिएर सुन्न आग्रह गरे । यो एउटा महत्त्वपूर्ण र ऐतिहासिक काम भएकाले  सफल पार्न स्थानीयको अहम भुमिका हुने अध्यक्ष शेर्पाको भनाइ थियो ।उनले यज्ञ सफल बनाउन गाउँपालिका बाट गर्ने सहयोगमा कुनै कसुर बाँकी नराख्ने बताए ।

हेलम्बु गाउँपालिकाको धार्मिक तथा पर्यटन प्रवर्द्धन तथा मणिकण्ठेश्वरीदेवी मन्दिर पुनः निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको समितिको भनाइ छ ।
स्थानीय लीलाबहादुर जोतीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै महायज्ञमा बुद्ध दर्शनको महिमा वाचनको व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ । हेलम्बुमा हेलम्बु ग्रेट ट्रेल,पाल्चोक जयबागेश्वरी,आमायाङ्ग्री, ईच्छेश्वर महादेव लगायत धार्मिक र पर्यटकीय स्थल समेतको भ्रमण गर्न सकिने छ । धार्मिक एवं प्राकृतिक पर्यटकीय नगरीको रुपमा रहेको हेलम्बुमा यस महायज्ञले धार्मिक पर्यटनमा थप टेवा पुगाउने आयोजकको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्