कैलालीमा ‘दार्चुला विद्यार्थी समाज कैलाली’ गठन, अध्यक्षमा विष्ट चयन

काठमाडौँ – कैलाली बहुमुखी क्याम्पसमा अध्यन गर्ने विद्यार्थीहरुले ‘दार्चुला विद्यार्थी समाज कैलाली’ गठन गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि दार्चुला घर भएका कैलाली बहुमुखी क्याम्पसमा अध्यन गर्ने विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि ‘दार्चुला बिद्यार्थी समाज कैलाली’ गठन गरेका हुन् ।
समाजको अध्यक्षमा दार्चुलाको लेकम घर भएको चन्द्रदेव विष्टलाई सर्वसम्मत चयन गरेको छ । त्यसै गरि उपाध्यक्षमा अपिहिमाल घर भएकी भावना बोहरा र सचिवमा शैल्यशिखर घर भएका किशोर जोशीलाई चयन गरेको अध्यक्ष विष्टले जानकारी दिए । उनका अनुसार लेकम घर भएका प्रकाश खत्रीलाई कोषाध्यक्षमा चयन गरिएको छ भने ११ सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिले दार्चुला जिल्ला बाट कैलालीमा पठनपाठन गर्न आएका बिद्यार्थीहरुको हकहितको लागि काम गर्ने अध्यक्ष विष्टले बताए । बिद्यार्थीले भोग्दै आएका स–साना समस्याहरुको समाधान गर्ने अध्यक्ष बिष्टले जानकारी दिए । साथै नयाँ सदस्यतासमेत लिन सकिने अध्यक्ष विष्टको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्