भिमेश्वर एकेडेमीले मनायो विद्यालयको १७ औँ बार्षिकोत्वस एवं अभिभावक दिवस (भिडियो)

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ को काँडाघारीमा रहेको भिमेश्वर एकेडेमीले विद्यालयको १७ औँ बार्षिक कार्यक्रम तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । शनिवार एक औपचारिक कार्यक्रमका विच विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सिप, कौशल तथा क्षमता प्रदर्शन गरेका थिए । यसैगरी विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले बर्षभरी सिकेका विभिन्न विधागत सिपको कदर गर्दै प्रमाणपत्र, मेडल प्रदान गरिएको थियो । हेण्ट राइटिङ, अनुशासन, स्टुडेन्स अफ द इयर, पेरेन्ट अफ द इयर लगायत अन्य विधामा अवार्ड प्रदान गरिएको विद्यालयका प्रिन्सिपल अमृत खड्काले बताउनुभयो ।


अभिभावकको अगाडी विद्यार्थीहरुको प्रतिभा देखाउने कार्यक्रमको रुपमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरुले विद्यालयलाई देखाएको सदभाव प्रति कृतज्ञ रहेको समेत प्रिन्सिपल खड्काले बताउनुभयो । विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा संस्कार, आचरण, व्यवहार तथा सिप र प्रयोगसँग अबको शिक्षा जोड्न सके विद्यार्थीहरु आत्मनिर्भर हुनुका साथै नेतृत्वदायी क्षमताको उत्पादक बन्न सक्ने भएकाले भिमेश्वरले त्यसतर्फ ध्यान दिएको समेत प्रिन्सिपल खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्