उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र सम्मानित

काठमाडाैं – उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र सम्मानित भएका छन् । शनिवार नेपाल व्यापार संघले आयोजना गरेको बृहत बनभोज कार्यक्रममा सम्पादक मिश्रलाई सम्मान गरेको हो । नेपाल व्यापार संघको हरेक गतिविधि सञ्चार क्षेत्रमा सत्य र निश्पक्ष ढंगले सम्प्रेषण, प्रकाशन तथा प्रशारण गरेको भन्दै उहाँलाइ सम्मान गरेको हो ।

पत्रकारिता क्षेत्रको बृद्धि विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । नेपाल व्यापार संघलाई अघि बढ्न हरेक पाइलामा सञ्चार क्षेत्रको आवश्यकता हुन्छ । सोहि आवश्यकतालाई मध्यनजर गर्दै पत्रकार मिश्रले गरेको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले बताउनुभयो ।

यसैगरी नेपाल टेलिभिजनका प्रस्तोता किशोर निरौलालाई समेत सम्मान गरेको छ । सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । पत्रकार निरौला र मिश्रलाई नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा समेत नियुक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्