एमाले प्रतिपक्ष भइसक्यो: प्रधानमन्त्री दाहाल

File Photo

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता थपेकाले आफूहरूले नयाँ यात्रा सुरु गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालसम्म प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताए । देश अझै अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उनले अर्थतन्त्र पछिल्लो केही महिनामा सकारात्मक सन्देश देखिएपछि संकटमुक्त नभएको तर्क गरे । नेकपा एमालेसँगको सहकार्य यता पटक–पटक संसद विघटन गर्ने कुरा भएको र संविधानमाथि एकपछि अर्को प्रहार हुने स्थिति देखा परेको प्रधानमन्त्री दाहालको तर्क छ । हालै तयार भएको नयाँ परिस्थितिसँगै एमाले प्रतिपक्ष भइसकेकाे उनको भनाइ छ ।

राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको र त्यो स्वीकृत हुने उनले जानकारी दिए । उनले आफू प्रधानमन्त्री बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय बनेको संकेत गर्दै उनका गतिविधि र भूमिकाप्रति आपत्ति जनाए । अहिले राष्ट्रपतिमा आफूहरूले अघि सारेको उम्मेदवार रामचन्द्र पौडेल लोकतन्त्र र राष्ट्रको हितप्रति कहीं कसैसँग नझुक्ने दावी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्