हेलम्बु गाउँपालिकाकाे ३९ ठाउँमा ३ सय ५ बेडकाे क्वारेनटाइन निर्माण गरिदै

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले प्रत्येक वडाको ३९ ठाउँ तोकेर क्वारेनटाइन निर्माण गर्ने भएको छ ।
शुक्रबार हेलम्बु गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । गाउँपालिका भरि ३९  ठाउँमा जम्मा ३ सय ५ बेडकाेे क्वारेन्टाइन निर्माण गरिने निर्णय भएकाे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उपहार खबरलाई जानकारी दिए ।

साथै स्वास्थ्यकर्मीकाे मनाेबल उच्च राख्न ५० प्रतिशत प्राेत्साहन भत्ता दिने निर्णय समेत गरेकाे अध्यक्ष शेर्पाले बताए  ।

बैठकले हेलम्बुबासीलाई घर नछाड्न र लकडाउनलाई कडाइका साथ पालना गर्न पनि आह्वान गरेको छ । बैठकले गाउँपालिकाका सबै वडाहरुमा क्वारेन्टाइन निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित वडाका लागि निर्णय भएको क्वारेनटाइनको स्थलहरुको सुक्ष्म अध्ययन गरी गाउँपालिकामा आवश्यक सामाग्रीको विवरण र टोल स्वास्थ्य सुधार समितको विवरण अबिलम्ब पेश गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए । उनले गाउँबासी सबैलाई संयमित भएर बस्न पनि आग्रह गरे ।

क्वारेन्टाइन निर्माण हुने स्थलहरु :-

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्