CORONA

प्रधानमन्त्री ओली स्वास्थ्य लाभ गरी निवास फर्किए

फाइल फाेटाे
फाइल फाेटाे

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्किएका छन् ।

गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उनको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्