धनगढीमा कोरोना भाइरसका संक्रमित भेटिए, संक्रमितको संख्या ४ पुग्याे

काठमाडौं – नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचार रत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एक जना भने निको भएर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्