‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याइदिने गरी नगरपालिकाले बिहीबार बिहान निर्णय गरेको हो ।

‘नगरका १७ वटै वडामा करिब ८ सय अति विपन्न परिवार रहेको अनुमान गरी खाद्यान्न व्यवस्था भएपछि यो निर्णय गरेका छौं’ नगरप्रमुख बासुदेव घिमिरेले भने, ‘सम्बन्धित वडाअध्यक्षले सिफारिस गर्ने्वित्तिकै नगरपालिकाले आफ्नै ट्रकबाट घर–घरमै खाद्यान्न पुर्‍याइदिने छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्