लकडाउन उल्लघन गर्ने १५० जना भन्दा बढि नियन्त्रणमा

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको विभिन्न स्थानहरुमा नेपाल सरकारले कोरोना संक्रमण न्युनिकरण गर्नको निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढिलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा परेकाहरुलाई लकडाउनको औचित्यको बारेमा ३० मिनेट वरेन्टेशन क्लास लिएर पठाउने गरेको र जवर्जस्ती गर्नेहरुलाई स्ांक्रमण रोग ऐन २०२० अनुसार कारवाही चलाउने सिन्धुपाल्चोकका डि एस पि माधव काफ्लेको भनाई छ ।

मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फल बहादुर तामाङका अनुसार ३० जना भन्दा बढि लकडाउन अवज्ञा गर्ने बजार बासीहरुलाई नियन्त्रणमा लिएको छ ।

नागरिककै हितका निम्ति कोरोना भाईरस संक्रमणबाट बचाउन गरिएको लकडाउन पुर्ण रुपमा पालन गर्न अपिल गर्दै कडाईका साथ सिमा क्षेत्रमा प्रहरी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारी उमेस कुमार ढकालको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्