७ वटै वडाका विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने पुर्वीचौकी गाउँपालिकाको निर्णय

डोटी – पुर्वीचौकी गाउँपालिका, डोटीको गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धमा महत्वपुर्ण निर्णयहरु गरेको छ ।

बुधबार गाउँपालिका अध्यक्ष दिर्घराज बोगटीको अध्यक्षतामा गाउँकार्यपालिकाको आकस्मिक बैठक बसेको हो । बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि गाउँपालिका अन्तरगतका ७ वटै वडामा भएका विद्यालयहरुमा क्वारेनटाइनको व्यवस्थापन गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

गाउँघरमा कोरोना भाइरस सम्बन्धि जनचेतना जगाउन तथा रोकथाम र नियन्त्रण गर्न सम्बन्धित वडाका वडा अध्यक्षहरुको संयोजकत्वमा टोली समेत गठन निर्णय गरिएको छ । यसका अतिरिक्त गाउँकार्यपालिकाले विपद् व्यवस्थापन कोषको स्थापना गर्ने, दैनिक रिर्पोटिङ गर्ने, कालोबजारी नियन्त्रण गर्ने, सुरक्षाकर्मी माग गर्ने जस्ता महत्वपुर्ण निर्णयहरु गरेको छ ।

विश्वभरी नै कोरोना भाइरसको संक्रमण बढीरहेका बेला नेपाल सरकारले सबै स्थानीय तहहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्