अर्को घोषणा नहुदा सम्म घरभित्रै बस्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बस्न सबैलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटर मार्फत अर्को घोषणा नहुँदासम्म सबै घरभित्र बसिरहन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले ट्विटमा फोटोसँग लेखेका छन्, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्‍नुहोस ।’ र, उनको ट्वीटमा छ, ‘अहिले हामी सबै लकडाउनमा छौं । सबै सुरक्षित हुनुहोस्, अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् ।’

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सरकारले मंलगबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका देशव्यापी लकडाउनको घोषणा गरेको छ । दुईदिन देखि जारी लकडाउनको कतिपय ठाउँमा सामान्य अवज्ञा भएपछि प्रधानमन्त्री ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका हुन् । बुधबारमात्रै एक नेपालीमा कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि सरकार थप सतर्क भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्