मेलम्ची लगायतसबै योजना ठप्प

सुशील सुवेदी
सिन्धुपाल्चोक – कोरोना भाइरस(कोभीड–१९) संक्रमणलाई फैलन नदिन सरकारले देशभर लक डाउन गरेपछि बहुचर्चीत मेलम्ची खानेपानी लगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका कामहरु ठप्प भएका छन् ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ । देशभर लक डाउन भएपछि हामीले आयोजनामा भइरहेको सबै काम रोकेका छौ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने ।

एक साता अघि मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशै अघि नै मेलम्चीको पानी काठमाडौमा ल्याउने योजना अनुसार तिव्र गतिमा काम भइरहेपनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए । आयोजना स्थलमा काम गर्ने स्थानीय मजदुरहरु घर फर्केपनि विदेशी मजदुरहरु भने आयोजना स्थलमा नै सुरक्षीत संग बसिरहेको खत्रीले बताए ।

कोरोनाका कारण जिल्लामा निर्माणधिन जलविद्युत आयोजना देखि अन्य सबै निर्माणका कामहरु रोकिएका छन् । १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम सबै रोकिएको मध्यभोटेकोशी जलविद्युत आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । त्यस्तै जिल्लामा स्थानीय, प्रदेश र संघबाट सञ्चालित विभिन्न विकास निर्माणका सबै काम रोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्