कतारबाट आएका थिए तेस्रो संक्रमित व्यक्ति

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेसमिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

काठमाडौं आएपछि ती युवक होटलमा बसेको स्वास्थ्य मन्त्री ढकालले बताए । ती युवक स्वास्थ्यमा असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

‘त्यहा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो, उनको रिपोर्ट पोजेटिभ आएको हो’ स्वास्थ्य मन्त्री ढकालले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्