शैल्यशिखर नगरपालिकाको हार्दिक अपिल

विनाेदसिंह धामी

दार्चुला – आदरणीय शैल्यशिखर नगरबासी आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) फैलिन नदिन उच्च सतर्कता अपनाउनु आवश्यक छ । यसको जोखिमसँग जुध्न समयमै सावधानी अपनाइएन भने त्यसले ठूलो मानवीय क्षति नित्याउने खतरालाई बुझेर शैल्यशिखर नगरपालिकाको श्रोत साधनले भ्याएसम्म सतर्कताको पूर्वतयारीमा जुटेको र यस शैल्यशिखर नगरपालिकाको श्रोत साधनले भ्याएसम्म जस्तो सुकै पहल कदमी गर्ने व्यहोरा सादर निवेदन गर्दछु ।

सतर्कताको कार्यमा सबै क्षेत्रबाट सहयोग पु¥याउने प्रयत्न भइरहेको छ । अझैपनि शैल्यशिखर नगरपालिका आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिन हुन राजनीतिक दल, नागरिक समाज, नेपाल रेडक्रस सोसाईटी शैल्यशिखर, नगरबासी, स्थानीय प्रशासन र राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षाकर्मी, संचारकर्मी, व्यापारी लगायतका सामाजिक संघ संस्थाहरु संग समेत हार्दिक अपिल गर्दछु ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भर्खरै जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेधाज्ञा जारी गरेको छ । यस अवधिमा दार्चुला जिल्लाका सीमाहरु पूर्ण रुपमा बन्द रहने, अत्यावश्यकीय पसलहरु बाहेक अन्य पसल, उद्योग धन्दा पूर्ण रुपमा बन्द रहने, भेला र भिडभाड गर्न, सवारी साधन र आवत जावत समेत पूर्ण रुपमा रोक लगाएको हुनाले निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्दछु ।

असहज अवस्थाको फाईदा उठाउदै बजारमा दैनिक उपभोग्य सामाग्री, औषधी, ग्याँस र पेटो«लियम पदार्थ तथा अन्य कुनै पनि व्यवसायको कृतिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुन अनुसार कडा कार्वाही गरिने व्यहोरा अवगत गराउदछु ।

साथै कोरोना भाईरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि शैल्यशिखर नगरपालिकाले मास्क वितरण गर्दै आईरहेको छ यस रोगबाट बच्न नियमित रुपमा साबुन पानीले हातधुन, सरसफाईमा ध्यान दिन भिडभाडमा नजान तथा सेल्फ क्वारेन्टाइनमा रहन र उक्त रोगको संक्रमण भएको शंका लागेमा नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरु सँग सम्पर्कमा रहन सबैमा हार्दिक आह्वान गर्दछु ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्