सेनाको ट्रक दुर्घटना, १६ सैनिकको मृत्यु

भारत – भारतको सिक्किममा शुक्रबार सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । भारतीय सेना सवार उक्त ट्रक जेमा भन्ने स्थानबाट सडकबाट भीरमा खसेको हो ।

दुर्घटनामा चार सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार घुम्तीमा सडकबाट चिप्लिएर उक्त ट्रक खसेको हो ।

चटनबाट थंगुतर्फ जाँदै गर्दा सो दुर्घटना भएको बताइएको छ । सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले मृत्यु भएका सैनिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई–दुई लाख रुपैयाँ र घाइतेलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्